मधेस प्रदेशका माओवादी संसदीय दलका नेताविरुद्ध अविश्वास प्रस्ताव

<p>काठमाडौं । नेकपा माओवादी केन्द्र मधेस प्रदेशका संसदीय दलका नेता भरतप्रसाद साहलाई पदबाट हटाउन दुई तिहाइ प्रदेश सभा सदस्यहरूले अविश्वास प्रस्ताव पेस गरेका छन्। मधेस प्रदेशमा माओवादीका ९ जना प्रदेशसभा सदस्यमध्ये ६ जनाले अविश्वास प्रस्ताव पेस गरेका हुन् । प्रमुख सचेतक फकिरा महतो, जवाहर कुशवाहा, राजी हैदर, सुनिता यादव, माला कुमारी कर्ण र रहबर अन्सारीले [&hellip;]</p>

काठमाडौं । नेकपा माओवादी केन्द्र मधेस प्रदेशका संसदीय दलका नेता भरतप्रसाद साहलाई पदबाट हटाउन दुई तिहाइ प्रदेश सभा सदस्यहरूले अविश्वास प्रस्ताव पेस गरेका छन्।

मधेस प्रदेशमा माओवादीका ९ जना प्रदेशसभा सदस्यमध्ये ६ जनाले अविश्वास प्रस्ताव पेस गरेका हुन् । प्रमुख सचेतक फकिरा महतो, जवाहर कुशवाहा, राजी हैदर, सुनिता यादव, माला कुमारी कर्ण र रहबर अन्सारीले हस्ताक्षर गरी साहविरूद्धको अविश्वास प्रस्ताव उपनेता समिर भट्टराई समक्ष पेश गरेका हुन् ।

माओवादी संसदीय दलको विधानअनुसार दलको सम्पूर्ण सदस्य संख्याको कम्तीमा एक चौथाइ सदस्यले दलको नेतामाथि दलको विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेस गर्न सक्ने उल्लेख छ ।

उक्त प्रस्तावबारे पूर्व सूचना संसदीय दलको नेताको हकमा उपनेतालाई दिनुपर्ने विधानमा व्यवस्था छ ।

लिखित सूचना प्राप्त भएपछि उपनेता भट्टराईले विधान अनुसार १५ दिनभित्र बैठक बोलाउन प्रमुख सचेतकलाई निर्देशन समेत दिएका छन् ।

Share News