काठमाडौं महानगरका यी वडा कार्यालयबाट हुनेछ राष्ट्रिय परिचयपत्र विवरण संकलन

<p>काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले काठमाडौं महानगरपालिकाको विभिन्न वडा कार्यालयमा राष्ट्रिय परिचयपत्र स्टेसन सञ्चालन गर्ने भएको छ । यसअघि राष्ट्रिय सभा गृहमा परिचयपत्रका लागि विवरण संकलन गर्ने काम भइरहेकामा सेवाग्राहीको चापलाई मध्यनजर गरेर विभिन्न वडा कार्यालयबाट विवरण संकलन गर्न लागिएको विभागले जानकारी दिएको छ । विभागले काठमाडौं महानगरको वडा नम्बर ३ महाराजगञ्ज, वडा [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले काठमाडौं महानगरपालिकाको विभिन्न वडा कार्यालयमा राष्ट्रिय परिचयपत्र स्टेसन सञ्चालन गर्ने भएको छ ।

यसअघि राष्ट्रिय सभा गृहमा परिचयपत्रका लागि विवरण संकलन गर्ने काम भइरहेकामा सेवाग्राहीको चापलाई मध्यनजर गरेर विभिन्न वडा कार्यालयबाट विवरण संकलन गर्न लागिएको विभागले जानकारी दिएको छ ।

विभागले काठमाडौं महानगरको वडा नम्बर ३ महाराजगञ्ज, वडा नम्बर ८ जय बागेश्वरी, वडा नम्बर १५ स्वयम्भू र वडा नम्बर ३१ सुविधानगरमा राष्ट्रिय परिचयपत्र स्टेसन सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता नवीकरणको समेत सहजीकरण गरिने जनाइएको छ ।

यसका लागि सम्बन्धित वडा कार्यालयलाई उपयुक्त कार्यकक्ष र जनशक्ति व्यवस्थापनका लागि आग्रह गरिएको विभागको भनाइ छ ।

Share News