बिलबीजक नभएको १ करोड ८९ लाखको सामान बरामद

<p>वीरगञ्ज । पर्सा प्रहरीले बिलबीजक नभएको १ करोड ८९ लाख ५० हजार छ सय २२ रुपैयाँ मूल्य बराबरका सामानसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले वीरगञ्ज महानगरपालिका-२५ स्थित एकीकृत जाँचचौकी नजिकै सडकमा रोकिराखेका दुई वटा ट्रकबाट हार्डवेयर र मोटरपार्टस् बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक [&hellip;]</p>

वीरगञ्ज । पर्सा प्रहरीले बिलबीजक नभएको १ करोड ८९ लाख ५० हजार छ सय २२ रुपैयाँ मूल्य बराबरका सामानसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले वीरगञ्ज महानगरपालिका-२५ स्थित एकीकृत जाँचचौकी नजिकै सडकमा रोकिराखेका दुई वटा ट्रकबाट हार्डवेयर र मोटरपार्टस् बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले दुई वटा मालबाहक ट्रकबाट बरामद भएका हार्डवेयर र मोटरपार्टस् आजै कानुनी प्रक्रिया पुर्‍याएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको बताए ।

प्रहरीले ना ६ ख ४०५८ र ना ३ ख १८७ नं को दुई वटा ट्रकबाट सो समान बरामद गरेको हो ।

Share News