भारतीय नम्बरको हुण्डाई हुइँक्याएर काठमाडौंमा गैरकानुनी धन्दा, केजीका केजी चाँदी राखेर यसरी हुन्छ बिक्री

<p>काठमाडौं । भारतीय नागरिकले काठमाडौंमा आएर गर्ने अर्को अपाराधिक कार्यको खुलासा भएको छ । भारतीय नागरिकले काठमाडौंमा आएर खुलेआम रुपमा चाँदीका गरगहना बिक्री गर्ने गैर कानुनी कार्यको खुलासा भएको हो । भारतीय नागरिकले भारतीय नम्बर प्लेटको गाडीमा नै आएर काठमाडौंमा गैरकानुनी आएर काम गरेको खुलेको हो । केही दिनअघि ललितपुरबाट काठमाडौंतर्फ आउदै गरेको भारतीय नम्बर [&hellip;]</p>

काठमाडौं । भारतीय नागरिकले काठमाडौंमा आएर गर्ने अर्को अपाराधिक कार्यको खुलासा भएको छ । भारतीय नागरिकले काठमाडौंमा आएर खुलेआम रुपमा चाँदीका गरगहना बिक्री गर्ने गैर कानुनी कार्यको खुलासा भएको हो ।

भारतीय नागरिकले भारतीय नम्बर प्लेटको गाडीमा नै आएर काठमाडौंमा गैरकानुनी आएर काम गरेको खुलेको हो । केही दिनअघि ललितपुरबाट काठमाडौंतर्फ आउदै गरेको भारतीय नम्बर प्लेटको सवारी साधनमा अबैध रुपमा चाँदीको गरगहनाहरु ल्याई अबैध रुपमा काठमाडौका विभिन्न स्थानमा बिक्री बितरण गरेको सूचना प्रहरीसमक्ष पुगेको थियो ।

सो खबर स्थानीयले प्रहरीलाई गरेपछि प्रहरीले त्यसको खोजतलास गर्दा अबैध कार्य गरेको भेटिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानले त्यस्तो गतिविधि गर्नेको निगरानी गर्दा काठमाडौंको सानो गौचरणस्थित अटो सर्भिसेज प्रा.लि.नामको अटो वर्कशप भित्र रोकी राखेको अवस्थामा हुण्डाई कम्पनिको भारतीय नम्बर प्लेटको रातो रंगको हुण्डाईको गाडी चेकजाँच गर्दा सो गाडीमा चाँदीका गरगहना भेटिएका छन् ।

‘सो गाडीको पछाडी पट्टीको डिकीमा लुकाई छिपाई राखेको अवस्थामा १४.२५० केजी चाँदीको गरगहनाहरु फेला परेको छ, उक्त गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरुलाई पनि पक्राउ गरिएको छ,’ सीआईबीले भनेको छ ।

सीआईबीले उक्त कार्यमा संलग्न भारतीय नागरिक २२ वर्षीय विनोद सर्राफ,भारत रक्स्यौलका २६ वर्षीय बिकि कुमार साह र सवारी चालक पर्साका ३४ वर्षीय श्रवण प्रसाद कानुलाई पक्राउ पनि गरेको छ । सीआईबीले थप अनुसन्धानका लागि उनीहरुलाई आइतबार राजस्व अनुसन्धान विभागमा पठाएको छ ।

Share News