क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह

<p>काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक शाहीले गृहमन्त्री लामिछानेलाई क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न आग्रह गरेका हुन् । उनले जिबि राईलाई पक्राउ गरेर ल्याउन पनि आग्रह गरे । अझै सरकारको [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक शाहीले गृहमन्त्री लामिछानेलाई क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न आग्रह गरेका हुन् । उनले जिबि राईलाई पक्राउ गरेर ल्याउन पनि आग्रह गरे । अझै सरकारको ७ दिन बाँकी रहेको भन्दै उनले यो बिचमा भ्रष्टाचारको फाइलहरु खोलेमा आफूहरुको साथ र समर्थन रहने बताए ।

सुकुम्वासीहरुलाई खोला किनाराबाट हटाउन काठमाडौं महानगरपालिकाले पत्र पठाएर गृह मन्त्रीलाई पटक–पटक आग्रह गरेपनि प्रहरी नपठाएको बताए । गृहमन्त्रीले संसदमा आएर ठूलो कुरा मात्रै गरेको जानकारी दिए ।

‘जनतालाई कहिलेसम्म भ्रमित पार्ने हो ? काठमाडौं महानगरपालिकाले कतिपटक पत्र काट्यो होला हुकुमबासीलाई(सुकुम्वासीलाई) हटाऔँ भन्दाखेरी हाम्रो गृहमन्त्रीज्यू एउटा प्रहरी दिन पनि सक्नुहुन्न । अनि संसदमा आएर ठूलो कुरा ? गृहमन्त्रीज्युलाई काम गर्ने कुरामा समर्थन छ, क्यान्टनमेण्ट घोटालामा कसको नाम छ रोष्टममा आएर बताउनुस्’, उनले भने ।

प्रमुख सचेतक शाहीले संविधान संशोधन गर्नुपर्ने बताए । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्थामा जानुपर्ने जानकारी दिए ।

Share News