गगनको दाबी : प्रधानमन्त्रीले अर्को दलसँग सहकार्य गर्ने पहल थालेपछि गठबन्धन भत्कियो

<p>काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेसँग सहकार्य गरेको केही समयमै पुनः अर्को समीकरणको प्रयास गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट एमाले बाहिरिएको बताएका छन् । बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अहिलेको सम्पूर्ण परिस्थिति बन्नुको पहिलो कारण प्रधानमन्त्री दाहाल स्वयं नै भएको बताए । प्रधानमन्त्री दाहालको अस्थिरताको कारण [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेसँग सहकार्य गरेको केही समयमै पुनः अर्को समीकरणको प्रयास गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट एमाले बाहिरिएको बताएका छन् ।

बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अहिलेको सम्पूर्ण परिस्थिति बन्नुको पहिलो कारण प्रधानमन्त्री दाहाल स्वयं नै भएको बताए । प्रधानमन्त्री दाहालको अस्थिरताको कारण अहिलेको परिस्थिति आएको दाबी गरे । प्रधानमन्त्री दाहालको अस्थिर चरित्रमा कुनैपनि दलले विश्वास गर्न नसकेपछि नेकपा एमाले र नेपाली कांग्रेस मिलेको बताए ।

‘अहिलेको यो परिस्थिति बनेको यसको सम्पूर्ण कारण भनेको अहिलेको वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिरताको कारणले हो, प्रचण्डको यति धेरै अस्थिर चरित्र, व्यवहार नभएको भए, अहिलेको दुर्घटना निम्त्याएको उहाँकै कारणले हो, त्यो कारणले गर्दा अहिलेको परिस्थिति सिर्जना भयो’, उनले भने ।

महामन्त्री थापाले नेपालको राजनीतिमा दाहाललाई विश्वास गर्न नै कठिन भएको बताए ।

Share News