नेशनल लघुवित्त ११औं वर्षमा प्रवेश, २१ अर्बको लगानी

<p>काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौं वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । संस्थाले मंगलबारबाट आफ्नो कारोबार शुरू गरेको दशौं वर्ष पुरा गरी एघारौ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा संस्थाका १८४ वटै शाखा कार्यालयहरु तथा केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । कार्यक्रममा विभिन्न विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण, बृद्धाश्रमलाई सहयोग, सरसफाई कार्यक्रम, [&hellip;]</p>

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौं वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाले मंगलबारबाट आफ्नो कारोबार शुरू गरेको दशौं वर्ष पुरा गरी एघारौ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा संस्थाका १८४ वटै शाखा कार्यालयहरु तथा केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।

कार्यक्रममा विभिन्न विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण, बृद्धाश्रमलाई सहयोग, सरसफाई कार्यक्रम, प्रहरी कार्यालयलाई सहयोग, परोपकारी संस्थालाई सहयोग, वित्तीय साक्षरताका कार्यक्रम साथै विभिन्न सामाजिक कृयाकलापमा भाग लिई वार्षिक उत्सव मनाईएको थियो ।

संस्थाले यस अबधि सम्म ७४ जिल्लाका १८४ वटा शाखा कार्यालय मार्फत २ लाख २७ हजार घर परिवारमा आफ्नो सेवा विस्तार गरी उनीहरूलाई २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको साथै सदस्यहरूबाट करिव ६ अर्ब रुपैयाँ बचत परिचालन गरेको छ ।

गैर वित्तीय कार्यक्रममा ग्राहकहरुलाई वित्तीय साक्षरता, विभिन्न तालिम तथा उद्यमशिलता विकाश, डिजिटल बैकिंङ (मोवाईल बैकिङ, एस.एम.एस. बैकिङ, टयावलेट बैकिङ) सेवा उपलव्ध गराउदै आएको साथै विभिन्न सामाजिक कृयाकलापमा भाग लिदै आएकोमा अवका दिनमा पनि यी कुरालाई उच्च प्राथमिकतामा राखी अगाडी वढने विषयमा संस्थाका प्रमुख कार्यकारी अधिकृत राम वहादुर यादवले जानकारी दिए ।

Share News