प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाई २० र २१ गते

<p>काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको यही असार २० र २१ गते संसदीय सुनुवाई हुने भएको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रधानमाथिको उजुरी र उनको कार्ययोजनासहितको सुनुवाई गर्ने मिति तय गरेको हो । संवैधानिक परिषद्ले सिफारिस गरेका प्रस्तावित प्रधानमाथिको सुनुवाई गर्ने सम्बन्धमा छलफल गरी समितिले सचिवालयको तर्फबाट प्रस्तावित असार २० [&hellip;]</p>

काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको यही असार २० र २१ गते संसदीय सुनुवाई हुने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रधानमाथिको उजुरी र उनको कार्ययोजनासहितको सुनुवाई गर्ने मिति तय गरेको हो ।

संवैधानिक परिषद्ले सिफारिस गरेका प्रस्तावित प्रधानमाथिको सुनुवाई गर्ने सम्बन्धमा छलफल गरी समितिले सचिवालयको तर्फबाट प्रस्तावित असार २० र २१ गतेको मिति परिमार्जनसहित पारित गरिएको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपति समशेर जबराले जानकारी दिए ।

उनले भने, ‘निर्वाचन आयुक्तका लागि प्रश्तावित व्यक्ति प्रधानमाथिको सुनुवाई गर्ने सचिवालयको प्रश्तावलाई परिमार्जनसहित पारित गरिएको घोषणा गर्दछु ।’

Share News