नयाँ सरकार बनाउन कांग्रेस र एमालेबीच सहमति, सुरुमा ओली प्रधानमन्त्री बन्ने

<p>काठमाडौं । नयाँ सरकार गठन गर्नेबारे नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको छ । सोमबार मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सत्ता समीकरणबारेको सहमतिपत्रमा हस्ताक्षर भएको हो । दुई दलबीच भएको प्रारम्भिक मस्यौदामा पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । सहमतिअनुसार दुई वर्ष [&hellip;]</p>

काठमाडौं । नयाँ सरकार गठन गर्नेबारे नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको छ । सोमबार मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सत्ता समीकरणबारेको सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

दुई दलबीच भएको प्रारम्भिक मस्यौदामा पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । सहमतिअनुसार दुई वर्ष ओली प्रधानमन्त्री बन्ने र बाँकी चुनाव अवधिसम्मका लागि देउवाको नेतृत्वमा सरकार गठन हुनेछ ।

सहमतिमा कुन पार्टीले कति मन्त्रालय लिनेदेखि प्रदेशमा कुन पार्टीले कति प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषयमा पनि समावेश छन् । दुई दलबीच भएको सहमतिअनुसार एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहमन्त्रीसहित १० वटा मन्त्रालय लिनेछ ।

दुवै दलबीच प्रदेश सरकारमा समेत भागबन्डा गर्ने सहमति भएको छ । नयाँ सहमतिअनुसार अब एमालेले कोशी, लुम्बिनी र कर्णालीमा सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिममा सरकारको नेतृत्व लिनेछ ।

मधेशमा भने मधेशवादी दललाई नेतृत्व दिने सहमति भएको छ ।

दुवै दलबीच संविधान संशोधन सुझाव समिति बनाउने, निर्वाचन प्रणाली परिवर्तन गर्नेलगायतको सम्झौता भएको छ ।

यस्तै समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने पनि समझदारी भएको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैको सिटसंख्याबारे पनि पुनर्विचार गर्ने, पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्ने, संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने सहमति भएको छ ।

यसैगरी प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितमात्रै राख्ने विषय समेटिएको छ ।

Share News