मुक्तिनाथ क्यापिटल र यात्रीबीच सम्झौता

<p>काठमाडौं । मुक्तिनाथ क्यापिटल र यात्री सुइटस एण्ड स्पाबीच सम्झौता भएको छ । यात्री सुइट्स एण्ड स्पाले वित्तिय परामर्श र व्यवस्थापन सेवाको लागि मुक्तिनाथ क्यापिटललाई संस्थागत परामर्शदाता नियुक्त गर्न सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा यात्री सुइट्सको तर्फबाट कम्पनीका अध्यक्ष च्यूङ गुरुङ तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट कार्यकारी प्रमुख अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेको छ [&hellip;]</p>

काठमाडौं । मुक्तिनाथ क्यापिटल र यात्री सुइटस एण्ड स्पाबीच सम्झौता भएको छ ।

यात्री सुइट्स एण्ड स्पाले वित्तिय परामर्श र व्यवस्थापन सेवाको लागि मुक्तिनाथ क्यापिटललाई संस्थागत परामर्शदाता नियुक्त गर्न सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा यात्री सुइट्सको तर्फबाट कम्पनीका अध्यक्ष च्यूङ गुरुङ तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट कार्यकारी प्रमुख अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेको छ ।

ठमेल अवस्थित यस होटलको पूँजी संरचना परिवर्तन, लिमिटेड कम्पनीमा रूपान्तरण, आवश्यक श्रोतको व्यवस्थापन, व्यवसायिक योजना, होटलको बजारीकरण लगायत सर्वसाधारणलाई सेयर निष्कासन गर्ने कार्यको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडले परमर्शदाताको रूपमा सेवा प्रदान गर्नेछ ।

Share News