नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा अर्जुन रसाइली निर्वाचित

<p>काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् । काठमाडौंमा आइतबार सम्पन्न महासंघको चौथो महाधिवेशनबाट प्रतिस्पर्धी विपेन्द्रबहादुर रामुदामलाई पछि पार्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । रसाइलीले २ सय ५० मत प्राप्त गर्दा प्रतिस्पर्धी रामुदामुले १ सय ८४ मत प्राप्त गरे । महासंघको वरिष्ठ उपाध्यक्षमा दियेशरत्न शाक्य र उपाध्यक्षहरूमा धर्मसुन्दर [&hellip;]</p>

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् ।

काठमाडौंमा आइतबार सम्पन्न महासंघको चौथो महाधिवेशनबाट प्रतिस्पर्धी विपेन्द्रबहादुर रामुदामलाई पछि पार्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । रसाइलीले २ सय ५० मत प्राप्त गर्दा प्रतिस्पर्धी रामुदामुले १ सय ८४ मत प्राप्त गरे ।

महासंघको वरिष्ठ उपाध्यक्षमा दियेशरत्न शाक्य र उपाध्यक्षहरूमा धर्मसुन्दर बज्राचार्य, वुद्धिबहादुर विक दियाली, रुपदल विश्वकर्मा विजयी भए ।

यस्तै, महासचिवमा किरणभाई बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवमा टुलकप्रसाद विश्वकर्मा र निर्मल दियाली, सहकोषाध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित भएका छन् । महाधिवेशनमा ४ सय ४६ प्रतिनिधि रहेका थिए ।

Share News