सरकारले पेट्रोल र डिजेलको मूल्य बढायो, यस्तो छ नयाँ मूल्य

<p>काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो । हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन । मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ र डिजल तथा मट्टितेल प्रतिलिटर १५७ रुपैयाँ पर्नेछ । निगमका अनुसार [&hellip;]</p>

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो ।

हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन ।

मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ र डिजल तथा मट्टितेल प्रतिलिटर १५७ रुपैयाँ पर्नेछ ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आइतबार पेट्रोलको मूल्य प्रतिलिटर २.४१ र डिजेलको मूल्य प्रतिलिटर ४.९१ रुपैयाँले बढेर आएको छ ।

नयाँ मूल्य आइतबार मध्यरातदेखि लागू हुनेछ ।

Share News