काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ बढेको छ । आज सुनको मूल्य चार हजार चार सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ ।
सोमबार सुन प्रतितोला २ लाख ९८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ।
सोमबार प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५ हजार ६९५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५५ रूपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ७११ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ ।