लोकतन्त्र खतरामा परे जनताले जोगाउँछन्, नेताले चिन्ता गर्नुपर्दैन : गृहमन्त्री लामिछाने

<p>काठमाडौं । रास्वपाका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लोकतन्त्र अप्ठेरोमा परे जनताले जोगाउने भन्दै नेताहरूले चिन्ता गर्नु नपर्ने बताएका छन्  । आइतबार नेकपा एकीकृत समाजवादीको १०औं राष्ट्रिय महाधिवेशनलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै सभापति लामिछानेले भाषणमा देश र जनताको चिन्ता भए पनि व्यवहारमा नदेखिएको बताए । उनले देश बनाउने कुरामा राष्ट्रिय सहमति गर्न कसले रोकेको [&hellip;]</p>

काठमाडौं । रास्वपाका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लोकतन्त्र अप्ठेरोमा परे जनताले जोगाउने भन्दै नेताहरूले चिन्ता गर्नु नपर्ने बताएका छन्  ।

आइतबार नेकपा एकीकृत समाजवादीको १०औं राष्ट्रिय महाधिवेशनलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै सभापति लामिछानेले भाषणमा देश र जनताको चिन्ता भए पनि व्यवहारमा नदेखिएको बताए ।

उनले देश बनाउने कुरामा राष्ट्रिय सहमति गर्न कसले रोकेको छ भन्दै प्रश्न गरेका छन् ।

‘मुलुक अप्ठेरोमा कसले पारेको हो ? गरिब किसानले पारेको हो ?’, लामिछानेले प्रश्न गर्दै भने, ‘आम जनता र नेतृत्वको प्राथमिकता अलग अलग भएकाले लाकेतन्त्रमा खतरा भएको हो ।’

उनले जनता र राष्ट्रका साझा मुद्दामा केन्द्रित भएर बहस गरेमात्र समस्याको निकास आउने भन्दै सबै दल त्यसका लागि तयार हुनुपर्ने बताए । उनले सधैँ लोकतन्त्र खतरामा परेको भनेर भाषण गर्ने गरिएको भन्दै भाषण र व्यवहारमा एकरुपता ल्याउन जरुरी रहेको बताए ।

Share News