जनताको समाजवाद स्थापना गर्ने सपना साकार पार्नुपर्छ : पूर्वसभामुख सापकोटा

<p>काठमाडौं । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संविधानमा उल्लेख भएको समाजवादको व्याख्या गरेर जाने बेला आएको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरु लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । समाजवाद संविधानमा उल्लेख गरिएपनि राम्रो व्याख्या नगरिएको बताए । आफ्नो जीवनको अन्तिम घडीसम्म कुनैपनि कुरा [&hellip;]</p>

काठमाडौं । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संविधानमा उल्लेख भएको समाजवादको व्याख्या गरेर जाने बेला आएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा भएको जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरु लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । समाजवाद संविधानमा उल्लेख गरिएपनि राम्रो व्याख्या नगरिएको बताए । आफ्नो जीवनको अन्तिम घडीसम्म कुनैपनि कुरा त्याग्न परे आफू त्याग्न तयार रहेको घोषणा गरे । सारा तागत लगाएर नेपाली जनताको समाजवाद स्थापना गर्ने सपना साकार पार्नुपर्ने जानकारी दिए ।

‘वास्तवमा आज हामी उहाँलाई यो सम्मान किन गर्दैछौँ त भन्दा यो लोकार्पण किन गर्दैछौँ त भन्दा हामी हामी ठूलो तयारीमा फेरि जाँदैछौँ । राष्ट्रलाई विपद् परेको बेलामा, विपद्को भुमरिमा परेको बेलामा त्यसलाई जोगाउनका लागि हामी जाँदैछौँ । नेपाली जनताको समाजवाद स्थापना गर्ने सपना साकार भइ छोड्नेछ’, उनले भने ।

पूर्वसभामुख सापकोटाले प्रतिष्ठानलाई माथि उठाउन आफूले गर्नुपर्ने सबै सहयोग गर्न प्रतिवद्ध रहेको बताए ।

Share News