बढ्दै गएको दाइजो प्रथा हटाउन सांसद यादवको माग

<p>काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद मिना यादवले मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सरकारसँग माग गरेकी छन् । मंगलबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद यादवले यस्तो माग गरेकी हुन् । उनले मधेसका महिलाहरु शिक्षामा धेरै पछाडि परेकाले सरकारले तत्काल दाइजो प्रथा हटाउन माग गरिन् । ‘मधेसको महिलाहरु शिक्षामा धेरै पछाडि परेको [&hellip;]</p>

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद मिना यादवले मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सरकारसँग माग गरेकी छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद यादवले यस्तो माग गरेकी हुन् । उनले मधेसका महिलाहरु शिक्षामा धेरै पछाडि परेकाले सरकारले तत्काल दाइजो प्रथा हटाउन माग गरिन् ।

‘मधेसको महिलाहरु शिक्षामा धेरै पछाडि परेको छ । त्यस कारण दाइजो प्रथा हटाउन सरकारलाई मेरो अनुरोध छ’, उनले भनिन् ।

उनले मधेसका महिलाहरु शिक्षामा पछाडि परेको कारण दाइजो प्रथा कायम रहेको भन्दै सरकारले दाइजो प्रथा हटाउन पहल गर्न आवश्यक रहेको बताइन् ।

Share News