राजदुत नियुक्ति सच्याइन्छ : प्रधानमन्त्री दाहाल

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले विभिन्न देशमा गरेको राजदुत नियुक्ति सच्याइने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ मा परराष्ट्र मन्त्रालयबाट विनियोजित बजेटमाथि उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले कमी, कमजोरी रहेको भए राजदुत नियुक्ति सच्याइने बताएका हुन् । राजदुत नियुक्त गर्दा आफूले मेरिटको आधारमा व्यक्तिको नाम दिन आग्रह गरेको भन्दै [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले विभिन्न देशमा गरेको राजदुत नियुक्ति सच्याइने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ मा परराष्ट्र मन्त्रालयबाट विनियोजित बजेटमाथि उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले कमी, कमजोरी रहेको भए राजदुत नियुक्ति सच्याइने बताएका हुन् । राजदुत नियुक्त गर्दा आफूले मेरिटको आधारमा व्यक्तिको नाम दिन आग्रह गरेको भन्दै आएको नामलाई नियुक्त गरेको जानकारी दिए ।

उनले मेरिटमा परे नपरेको सन्दर्भमा सम्बन्धित व्यक्तिसँग छलफल गर्ने र कमजोरी गरिएको रहेछ भने सच्याइने बताए । राजदुत नियुक्ति मेरिटकै आधारमा होस् भन्ने सरकारको धारणा रहेको जानकारी दिए ।

‘राजदुत नियुक्तिको सन्दर्भमा कुनै पार्टी विशेषको कुरा नभइकन पार्टीले प्रश्तुत गर्दा मेरिटको आधारमा योग्य मान्छे प्रश्तुत गर्नुपर्यो । कतिको मेनपावरसँग छ, भन्ने जो प्रश्न उठेको छ, यो उठेका प्रश्नको सन्दर्भमा म सम्बन्धितहरुसँग छलफल गरेर यदी त्यहाँ केही कमी रहेछ भने सच्याइन्छ । मेरिटकै आधारमा यो अगाडी बढोस् भन्ने हाम्रो धारणा पनि म प्रष्ट रुपमा राख्न चाहन्छु’, उनले भने ।

प्रधानमन्त्री दाहालले विगतमा राजनीतिक समिकरण परिवर्तन भएपछि हप्ता दिनभित्रै राजदुतलाई फिर्ता बोलाउने प्रचलन भएपनि आफूले राजदुतहरुलाई तिन महिना काम गर्न दिएको बताए ।

Share News