०१५ सालदेखिका संसदीय गतिविधिलाई वेबसाइटमा राख्न सांसद बर्तौलाको माग

<p>काठमाडौं । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले ०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधारणले सजिलै भेट्ने गरी वेबसाइटमा राख्न माग गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नेपालको संसदीय अभ्यास ०१५ सालदेखि सुरु भएको र त्यो बेलादेखिका संसदीय गतिविधिको अभिलेख आन्तरिक रूपमा भए पनि सर्वसाधारणको पहुँचमा नरहेकाले वेबसाइटमा राख्न माग गरे। ‘नेपालको संसदीय अभ्यास [&hellip;]</p>

काठमाडौं । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले ०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधारणले सजिलै भेट्ने गरी वेबसाइटमा राख्न माग गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नेपालको संसदीय अभ्यास ०१५ सालदेखि सुरु भएको र त्यो बेलादेखिका संसदीय गतिविधिको अभिलेख आन्तरिक रूपमा भए पनि सर्वसाधारणको पहुँचमा नरहेकाले वेबसाइटमा राख्न माग गरे।

‘नेपालको संसदीय अभ्यास २०१५ बाट सुरु भयो, २०१५ सालदेखिका अभिलेख आन्तरिक रूपमा होला, तर पब्लिक डोमेनमा आएन, अहिलेसम्म हेर्दा विभिन्न खालका संसद्का अभिलेखहरूलाई व्यवस्थित रूपमा सर्वसाधारणले सजिलै पुर्‍याउन सकेका छैनौं,’ उनले भने, ‘संसद्का समग्र गतिविधिहरूलाई वेबसाइटमार्फत सजिलै हेर्न सकिने गरी पब्लिक डोमेन्टमा ल्याउन माग गर्न चाहन्छु।’

सांसद बर्तौलाले २००८ देखिका राजपत्र, २०१३ सालदेखि पत्रिका र देशभिर फौजदारी मुद्दा कस्तो छ भनेर खोज्दा सर्वोच्चको साइटमा भेट्न सकिने तर संसदको समग्र गतिविधिलाई व्यवस्थित ढङ्गमार्फत राखिएको नभेटिने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

‘२००८ देखिका राजपत्र खोज्दा भेट्ने सक्छौं, २०१३ सालदेखि पत्रिका भेट्न सक्छौं, देशभर फौजदारी मुद्दा कस्तो छ भनेर खोज्दा सर्वोच्चको साइटमा हेर्ने हो भने भेट्न सकिन्छ, मन्त्रिपरिषद्का निर्णयहरू पनि समरीका रूपमा भेट्न सक्छौं,’ उनले भने, ‘तर, संसद्को समग्र गतिविधिलाई व्यवस्थित ढंगमार्फत राखिएको अवस्था छैन, व्यवस्थित गर्न माग गर्दछु ।’

Share News