चालु आर्थिक वर्षको सावाँ र ब्याज बुझाउन ऋणीलाई सञ्चय कोषको आग्रह

<p>काठमाडौं । चालु आर्थिक वर्षमा धितोमा कर्जा लिएका सञ्चयकर्ता ऋणीलाई भुक्तानी गर्नुपर्ने सावाँ तथा ब्याज बुझाउन कर्मचारी सञ्चय कोषले आग्रह गरेको छ । कोषले मंगलबार एक सूचना प्रकाशन गरी कोषका विभिन्न शाखा कार्यालयबाट घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल चक्र कर्जा सापटी र जग्गा खरिद सापटी लिएका सञ्चयकर्तालाई चालु आर्थिक वर्ष २०८०/८१ मा [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षमा धितोमा कर्जा लिएका सञ्चयकर्ता ऋणीलाई भुक्तानी गर्नुपर्ने सावाँ तथा ब्याज बुझाउन कर्मचारी सञ्चय कोषले आग्रह गरेको छ ।

कोषले मंगलबार एक सूचना प्रकाशन गरी कोषका विभिन्न शाखा कार्यालयबाट घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल चक्र कर्जा सापटी र जग्गा खरिद सापटी लिएका सञ्चयकर्तालाई चालु आर्थिक वर्ष २०८०/८१ मा कोषलाई भुक्तानी गर्नुपर्ने सावाँ तथा ब्याज यही असारभित्र बुझाउन ताकेता गरेको हो ।

साथै, नियमित त्रैमासिक ब्याज भुक्तानी गर्ने ऋणी सञ्चयकर्तालाई ब्याज छुटको व्यवस्था गरिएको कोषले जनाएको छ ।

सापटीको सावाँ र ब्याजको किस्ता नियमित नतिरेमा कानुनबमोजिम असुली गरिने कोषको चेतावनी छ ।

Share News