‘लिटिल बुद्ध’ बताउने रामबहादुर बम्जन जबर्जस्ती करणी मुद्दामा दोषी ठहर

<p>काठमाडाैं । सर्लाही जिल्ला अदालतले ‘लिटल बुद्ध’ भनेर पनि चिनिएका रामबहादुर बम्जनलाई जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गरेको छ । सोमबार जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले बाल यौन शोषण मुद्दामा बम्जनलाई दोषी ठहर गरेको हो । बम्जनलाई सजाय निर्धारणका लागि असार १७ गतेको पेसी तोकिएकाे अदालतले जनाएको छ । हत्या र यौन शोषणको मुद्दामा सर्लाही [&hellip;]</p>

काठमाडाैं । सर्लाही जिल्ला अदालतले ‘लिटल बुद्ध’ भनेर पनि चिनिएका रामबहादुर बम्जनलाई जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गरेको छ ।

सोमबार जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले बाल यौन शोषण मुद्दामा बम्जनलाई दोषी ठहर गरेको हो ।

बम्जनलाई सजाय निर्धारणका लागि असार १७ गतेको पेसी तोकिएकाे अदालतले जनाएको छ ।

हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुढानीलकण्ठस्थित एक घरबाट गत पुस २४ गते पक्राउ गरेको थियो ।

Share News