राजदूतमा सिफारिस प्याकुरेलले गरे पद अस्विकार

<p>काठमाडौं । मन्त्रिपरिषदले दक्षिण कोरियाको राजदूतमा सिफारिस गरेका सुशील प्याकुरेलले पद अस्विकार गरेका छन् । एमालेको कोटाबाट गत शुक्रबार प्याकुरेल राजदूत सिफारिस भएका थिए । प्याकुरेलले राजदूत सिफारिसमा असन्तुष्टि जनाउँदै पद अस्विकार गरेका हुन् । पद अस्विकार गर्दै प्याकुरेलले प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयलाई पत्र बुझाएको जनाइएको छ । उनले राजदूत सिफारिस गरेकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिँदै [&hellip;]</p>

काठमाडौं । मन्त्रिपरिषदले दक्षिण कोरियाको राजदूतमा सिफारिस गरेका सुशील प्याकुरेलले पद अस्विकार गरेका छन् ।

एमालेको कोटाबाट गत शुक्रबार प्याकुरेल राजदूत सिफारिस भएका थिए । प्याकुरेलले राजदूत सिफारिसमा असन्तुष्टि जनाउँदै पद अस्विकार गरेका हुन् ।

पद अस्विकार गर्दै प्याकुरेलले प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयलाई पत्र बुझाएको जनाइएको छ ।

उनले राजदूत सिफारिस गरेकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिँदै आफ्नो रुचि र सहमति नभएको पत्रमा उल्लेख गरेका छन् ।

Share News