मातातीर्थ सबस्टेसनबाट वितरण हुने क्षेत्रको विद्युत् सेवा अवरुद्ध

<p>काठमाडौं । काठमाडौंको मातातीर्थ सबस्टेसनबाट वितरण हुने क्षेत्रको विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले शनिबार र आइतबार काठमाडौंको मातातीर्थ सवस्टेसनबाट वितरण हुने क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ । मर्स्याङ्दी काठमाडौं २२० केभी आयोजनाबाट निर्माण भएको मातातीर्थ २२० केभीको नयाँ कन्ट्रोल रुममा जडित शवस्टेशन अटोमेशन सिस्टमलाई सट डाउनमा राखेर [&hellip;]</p>

काठमाडौं । काठमाडौंको मातातीर्थ सबस्टेसनबाट वितरण हुने क्षेत्रको विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले शनिबार र आइतबार काठमाडौंको मातातीर्थ सवस्टेसनबाट वितरण हुने क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।

मर्स्याङ्दी काठमाडौं २२० केभी आयोजनाबाट निर्माण भएको मातातीर्थ २२० केभीको नयाँ कन्ट्रोल रुममा जडित शवस्टेशन अटोमेशन सिस्टमलाई सट डाउनमा राखेर कार्य गर्नुपर्ने भएकोले मातातीर्थ सबस्टेसनबाट आपूर्ति भइरहेको स्थानमा विद्युत् आवागमन प्रभावित हुने भएको हो ।

शनिबार बिहान १० बजेदेखि ३ बजेसम्म सतुङ्गल, मच्छेगाउँ र फर्पिङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ । यी क्षेत्रमा आइतबार पनि फरक फरक समयमा विद्युत् आवागमन प्रभावित हुने प्राधिकरणले जारी गरेको सूचनामा बताइएको छ ।

Share News