पर्साका तत्कालीन मालपोत अधिकृत मिश्रसहित तीन जनालाई ८ वर्ष कैद

<p>काठमाडौं । विशेष अदालतले भ्रष्टाचार अभियोगमा मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित तीन जनालाई जनही ८ वर्ष कैद सजाय तोकेको छ । राजस्व हिनामिनाको अभियोग लागेका उनीहरूलाई बुधबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुंवर, सदस्य तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले उक्त सजाय तोकेको हो । अदालतले मिश्रलाई ८ वर्ष कैद, २ करोड [&hellip;]</p>

काठमाडौं । विशेष अदालतले भ्रष्टाचार अभियोगमा मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित तीन जनालाई जनही ८ वर्ष कैद सजाय तोकेको छ ।

राजस्व हिनामिनाको अभियोग लागेका उनीहरूलाई बुधबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुंवर, सदस्य तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले उक्त सजाय तोकेको हो ।

अदालतले मिश्रलाई ८ वर्ष कैद, २ करोड ५० लाख २३ हजार ९ सय ८१ रुपैयाँ जरिवाना र एक करोड २५ लाख ११ हजार नौ सय ९० रुपैयाँ बिगो असुलको सजाय ठहर गरेको छ । अदालतले उनीहरूलाई गत जेठ २८ गते दोषी ठहर गर्दै सजाय निर्धारणका लागि बुधबारको पेसी तय गरेको थियो ।

यस्तै, मालपोत कार्यालयका तत्कालीन अधिकृत भूपबहादुर बोगटीलाई पनि ८ वर्ष कैद र मिश्रलाई बराबर नै बिगो तथा जरीवाना भराउने फैसला भएको छ ।

अधिकृत कमोद तिवारीलाई पनि ८ वर्ष कैदसहित मिश्र र बोगटीलाई जति नै विगो भराउन फैसला भएको छ । थप तीन जनालाई पनि विशेष अदालतले दोषी ठहर गर्दै सजाय निर्धारण गरेको छ ।

तत्कालीन मालपोत अधिकृत गोपाल ढुंगानालाई ४ वर्ष कैद, ७० लाख ९१ हजार ९ सय रुपैयाँ जरिवाना र ३५ लाख ४५ हजार नौ सय ५० रुपैयाँ बिगो असुल गर्ने फैसला भएको छ ।

यस्तै, तत्कालीन अधिकृत पदमप्रसाद अर्याललाई २ वर्ष कैद, ३३ लाख ६३ हजार दुई सय रुपैयाँ जरिवाना र १६ लाख ८१ हजार ६ सय रुपैयाँ बिगो भराउन सजाय तोकिएको छ ।

Share News