काठमाडौं । रवि लामिछाने दोस्रो पटक गृहमन्त्री बनेको १ सय दिन पुगेको छ । गृहमन्त्री लामिछानेले पत्रकार सम्मेलन गर्दै १ सय दिनमा मुख्य कामको सूची सार्वजनिक गरेका छन् ।
उनले आफ्नो १ सय दिनमा गृह मन्त्रालयको प्रस्तावमा नेपाल सरकारबाट फौजदारी कसुर (कैदकट्टा) नियमावली, २०७६ मा संशोधन भएको बताएका छन् । यसबाट सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न, रोकिएको कैद कट्टा सम्बन्धी कार्यलाई सुचारु गर्न र कैदकट्टा सम्बन्धी विषयलाई पीडित मैत्री, पारदर्शी र बस्तुनिष्ठ बनाउन कानूनी आधार तयार भएको उनको दाबी छ ।
[pdf id=490603]