विश्व बैंकको सहयोगमा व्यास क्षेत्रको सडक स्तरोन्नति हुँदै

<p>दमौली । विश्व बैंकको सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका-७, ९, १० र ११ जोड्ने पराशर मार्ग स्तरोन्नति सुरु गरिएको छ । व्यास नगरपालिका-११ घाँसीकुवामा बिहीबार आयोजित कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपानेले उक्त कार्यको शुभारम्भ गरेका हुन् । बुल्दीखोला-बेलटारी-फराकचौर-अधेरीभञ्ज्याङ-कुमालगाउँ-समता स्कूल-कलेस्ती डक जोडिने उक्त खण्डमा १०.५५ किलोमिटर कालोपत्र हुनेछ । सडक स्तरोन्नतिका लागि ४० [&hellip;]</p>

दमौली । विश्व बैंकको सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका-७, ९, १० र ११ जोड्ने पराशर मार्ग स्तरोन्नति सुरु गरिएको छ ।

व्यास नगरपालिका-११ घाँसीकुवामा बिहीबार आयोजित कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपानेले उक्त कार्यको शुभारम्भ गरेका हुन् ।

बुल्दीखोला-बेलटारी-फराकचौर-अधेरीभञ्ज्याङ-कुमालगाउँ-समता स्कूल-कलेस्ती डक जोडिने उक्त खण्डमा १०.५५ किलोमिटर कालोपत्र हुनेछ ।

सडक स्तरोन्नतिका लागि ४० करोड ८३ लाख ३५ हजार ९ सय २१ रुपैयाँमा निर्माण कम्पनी बिकेएचटिडिसिएल एसिपिएल जेभी कालीमाटीसँग सम्झौता भएको हो ।

उक्त सडकले व्यास नगरपालिका-११ स्थित बुल्दीखोला, बेल्टारी, फराकचौर, व्यास नगरपालिका-१० अधेरीभञ्ज्याङ, पोख्रेलफाँट, व्यास नगरपालिका-९ कुमालगाउँ, व्यास नगरपालिका-७ समता स्कूल, कलेस्तीलाई जोड्नेछ ।

Share News