समृद्धि फाइनान्सले जेष्ठ नागरिकलाई गर्यो सम्मान

<p>काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले खरेन्द्रपुर शाखाबाट जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकबाट &#8216;ग&#8217; वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले बुधबार शिवराज नगरपालिकाका ४० जना जेष्ठ नागरीकलाई शाखा परिषरमा बोलाइ बचतको बानीले भविष्यको जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल बैंकिङ कारोबार तथा यसका अवसरकोबारेमा अन्तरक्रिया गरी बढ्दो [&hellip;]</p>

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले खरेन्द्रपुर शाखाबाट जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले बुधबार शिवराज नगरपालिकाका ४० जना जेष्ठ नागरीकलाई शाखा परिषरमा बोलाइ बचतको बानीले भविष्यको जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल बैंकिङ कारोबार तथा यसका अवसरकोबारेमा अन्तरक्रिया गरी बढ्दो गर्मींमा राहत होस् भनेर ग्लूकोज वितरण गर्नुका साथै उपस्थित जेष्ठ नागरीकलाई खादा ओडाएर सम्मान गरेको हो ।

समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर टि जि एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु निशुल्क प्रदान गरिरहेको छ ।

Share News