लघुवित्त पीडितले गरे देशव्यापी आन्दोलन घोषणा

<p>काठमाडौं । आगामी असार १६ गतेदेखि लघुवित्त पीडितहरूले  देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन् । पीडितहरूले बिहीबार पत्रकार सम्मेलन गर्दै वित्तीय संस्थाविरुद्ध अन्दोलनको घोषणा गरेका हुन् । पीडितहरूले लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति गठन गरेका छन् । पत्रकार सम्मेलनमा समितिका अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्त पीडितका माग असार १५ गतेसम्म पूरा नभए १६ गतेदेखि देशव्यापी आन्दोलन [&hellip;]</p>

काठमाडौं । आगामी असार १६ गतेदेखि लघुवित्त पीडितहरूले  देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन् । पीडितहरूले बिहीबार पत्रकार सम्मेलन गर्दै वित्तीय संस्थाविरुद्ध अन्दोलनको घोषणा गरेका हुन् ।

पीडितहरूले लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति गठन गरेका छन् । पत्रकार सम्मेलनमा समितिका अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्त पीडितका माग असार १५ गतेसम्म पूरा नभए १६ गतेदेखि देशव्यापी आन्दोलन गरिने बताए ।

वित्तीय संस्थाहरूको ज्यादतीविरुद्ध आन्दोलन गर्न बाध्य भएको ज्ञवालीको भनाइ थियो । समितले कालोसूची र धितो लिलाम गर्ने गराउने प्रक्रिया रोक्न माग गरेको छ ।

शान्तिपूर्ण आन्दोलनलाई कमजोरीका रूपमा नलिन सरकारलाई समितिको चेतावनी छ ।

Share News