एनसेल केन्द्रित निहित उद्देश्यले आर्थिक विधेयकको धारा ५७ मा छुट व्यवस्था गरियो : पूर्वअर्थमन्त्री महत

<p>काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको तीन महिना र बजेटले मुलुकको अर्थतन्त्र गलत दिशामा ल्याउने काम गरेको बताएका छन् । बुधबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा. महतले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारको तीन महिनामा नेपाली जनता र मुलुकको अर्थतन्त्रमा निराशा थप्ने काम मात्रै गरेको आरोप लगाए । [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको तीन महिना र बजेटले मुलुकको अर्थतन्त्र गलत दिशामा ल्याउने काम गरेको बताएका छन् ।

बुधबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा. महतले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारको तीन महिनामा नेपाली जनता र मुलुकको अर्थतन्त्रमा निराशा थप्ने काम मात्रै गरेको आरोप लगाए ।

उनले सरकारले ल्याएको बजेटले अर्थतन्त्रलाई निराशाजनक अवस्थामा पुर्याउने र आफू अनकुलका व्यक्ति र आयोजनामा खर्च गर्ने काम गरेको बताए । सरकारले बजेटमा ३ करोडभन्दा तलका योजना नराख्ने प्रतिबद्धता तोडेको उनले बताए ।

बजेटमा मन्त्रालयमा राखिएको बजेट आफू अनकुलका मान्छेहरूबाट सञ्चालित संस्थाहरू अनगिन्ती रूपमा संस्कृति मन्त्रालय, सहरी विकास मन्त्रालयबाट साना योजनामा रकम छरिएको उनले धारणा राखे ।

सरकारले बजेट विनियोजनमा व्यापक दुरुपयोग गरेकाे उनकाे आराेप छ । अर्थमन्त्रीले आर्थिक विधेयकमा एनसेललाई केन्द्रित गरेर निहित उद्देश्यका साथ धारा ५७ अन्तर्गतमा छुट दिने व्यवस्था गरेको उनले बताए ।

पूर्वअर्थमन्त्री डा. महतले सरकारले पूर्वाहपूर्ण ,बेथितिलाई प्रोत्साहन गर्ने र प्राथमिकताभन्दा पनि आफ्नाले भनेको ठाउँमा बजेट विनियोजन गरी वितरण गर्ने गरी बजेट विनियोजन गरिएकाे धारणा राखे ।

Share News