३० हजार मेट्रिक टन डीएपी खरिद गर्न कृषि सामग्री लिमिटेडद्वारा ठेक्का आह्वान

<p>काठमाडौं । डीएपी मल खरिदका लागि कृषि सामग्री लिमिटेडले ठेक्का आह्वान गरेको छ । कम्पनीले मंगलबार ३० हजार मेट्रिक टन डीएपी मल ई बिडिङमार्फत खरिद गर्न ठेक्का आह्वान गरेको हो । यसका लागि जुलाई २६ सम्म कृषि सामग्री कम्पनीमा बोलपत्रदाताले आवेदन दिइसक्नुपर्ने कम्पनीको सूचनामा उल्लेख छ । कम्पनीका अनुसार डीएपी मल आगामी आर्थिक वर्ष गहुँ बालीका [&hellip;]</p>

काठमाडौं । डीएपी मल खरिदका लागि कृषि सामग्री लिमिटेडले ठेक्का आह्वान गरेको छ ।

कम्पनीले मंगलबार ३० हजार मेट्रिक टन डीएपी मल ई बिडिङमार्फत खरिद गर्न ठेक्का आह्वान गरेको हो ।

यसका लागि जुलाई २६ सम्म कृषि सामग्री कम्पनीमा बोलपत्रदाताले आवेदन दिइसक्नुपर्ने कम्पनीको सूचनामा उल्लेख छ ।

कम्पनीका अनुसार डीएपी मल आगामी आर्थिक वर्ष गहुँ बालीका लागि खरिद गर्न लागिएको हाे ।

अहिले कम्पनीमा ९८ हजार ६ सय २९ मेट्रिकभन्दा बढी मल मौज्दात छ ।

Share News