वायुसेवा निगमकी क्याप्टेन भावना पन्तको निलम्बन फुकुवा

<p>काठमाडौं । नेपाल वायुसेवा निगमकी क्याप्टेन भावना पन्तको निलम्बन फुकुवा भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार उनको निलम्बन फुकुवा गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरक्षा प्रावधान उल्लंघन गरेको आरोप लगाउँदै प्राधिकरणले उनलाई जेठ २१ गतेबाट निलम्बनमा राखेको थियो । विमानस्थलको संवेदनशील क्षेत्रमा अन्तर्वार्ता दिएको भन्दै पन्तविरुद्ध प्राधिकरणमा उजुरी परेको थियो । [&hellip;]</p>

काठमाडौं । नेपाल वायुसेवा निगमकी क्याप्टेन भावना पन्तको निलम्बन फुकुवा भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार उनको निलम्बन फुकुवा गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरक्षा प्रावधान उल्लंघन गरेको आरोप लगाउँदै प्राधिकरणले उनलाई जेठ २१ गतेबाट निलम्बनमा राखेको थियो ।

विमानस्थलको संवेदनशील क्षेत्रमा अन्तर्वार्ता दिएको भन्दै पन्तविरुद्ध प्राधिकरणमा उजुरी परेको थियो । तर, उनले स्वीकृति लिएरै अन्तर्वार्ता दिएको पुष्टि भएपछि निलम्बन फुकुवा गरिएको हो ।

पन्तले नेवानिको न्यारो बडी जहाज ‘ए३२०-२००’ उडाउथिन् ।

यस्तै पन्तसँगै निलम्बनमा परेका क्याप्टेन विजय लामाको भने निलम्बन यथावत छ ।

Share News