छोटो समयमा चर्चा बटुलेको श्री केश तेलको गुणस्तरमाथि प्रश्न

<p>काठमाडौं । सुरुमा राम्रै चर्चा बटुलेको श्री केश तेलले पछिल्लाे समय भने विभिन्न आलाेचना खेप्दै आइरहेकाे छ । कपाल झर्नबाट रोक्ने, झरेको ठाउँमा नयाँ कपाल पलाउने लगायत प्रचार गर्दै बजारमा आएको तेलले केही समय चर्चा कमाए पनि अहिले आलोचना सहनु परेको हाे । यो तेलको प्रयोगले कपाल बढी झर्ने गरेको भन्दै प्रयाेगकर्ताहरूले सामाजिक सञ्जाल लगायत [&hellip;]</p>

काठमाडौं । सुरुमा राम्रै चर्चा बटुलेको श्री केश तेलले पछिल्लाे समय भने विभिन्न आलाेचना खेप्दै आइरहेकाे छ ।

कपाल झर्नबाट रोक्ने, झरेको ठाउँमा नयाँ कपाल पलाउने लगायत प्रचार गर्दै बजारमा आएको तेलले केही समय चर्चा कमाए पनि अहिले आलोचना सहनु परेको हाे ।

यो तेलको प्रयोगले कपाल बढी झर्ने गरेको भन्दै प्रयाेगकर्ताहरूले सामाजिक सञ्जाल लगायत विभिन्न माध्यममा विरोध भएपछि सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीले पत्रकार सम्मेलेन गरेर आफ्नाे बचाउ गरेकाे छ ।

सोमबार काठमाडौंमा आयाेजित पत्रकार सम्मेलन गर्दै कम्पनीले सामाजिक सञ्जालमा तेलप्रति नकरात्मक टिप्पणी आएकाले तेलको गुणस्तरमा जानकारी गराएको हो । नेपालको सरकारी नीतिमा रही नेपालमै पाइने कच्चा पदार्थ र जडीबुटीहरू प्रयोग गरेर बनाइएको तेलले कुनै हानी नगर्ने कम्पनीकाे दाबी छ ।

कम्पनीका प्रबन्ध निर्देशक टीकाराम बुढाथोकीले विभिन्न अध्ययन अनुसन्धान गरे नेपालका हिमाली क्षेत्रमा पाइने जडीबुटीहरूबाट बनाइएको यो तेलले कपाललाई पोषण बनाई सुरक्षित राख्ने बताए ।

आफ्नो देशमै केही गर्छु भन्ने उद्देश्य काम गरिरहेको बताउँदै उनले नागरिकको हितमा गर्न नमिलने काम आफू र आफ्नो कम्पनी नगर्ने अठोट पनि गरेका छन् ।

कार्यक्रममा बोल्दै सप्तऋषि आयुर्वेद क्लिनिकका चिकित्सक डा सविन दावाडीले तालुपना जेनिटिक हुने भएकाले यो सधैभरि रहने बताए । यसको सुरक्षाका लागि व्यक्ति आफैंले नै केयर गर्नुपर्ने भएकाले यो तेलले केही मद्दत गर्ने भन्दै उनले याे तेल सबैका लागि उपयुक्त नहुने पनि दाबी गरे ।

‘व्यक्ति पिच्छेको स्वास्थ्य फरक हुन्छ’, उनले भन्छन्, ‘कसैको कपाललाई त्यही जडीबुटीले राम्रो गर्छ भने कसैलाई त्यसैले नै नराम्रो गर्न सक्छ, तर यो तेलको प्रयोगले कपाललाई नोक्सान भने गर्दैन ।’  यो तेल नेपालका जंगलमा पाइने विभिन्ने ३५ प्रकारका जडिबुटीबाट बनाइएको  उनकाे भनाइ छ ।

कपाल झर्ने समस्या सामान्य र जेनेटिकमात्र नभइ भित्रको आन्तरिक रोगको कारण हुने भएकाले यस्तो अवस्थामा चिकित्सकलाई देखाउनुपर्ने  डा. दावाडीकाे सुझाव छ ।

सप्तऋषि ओयल एण्ड कस्मेकि इण्डष्ट्रीले सयौँ नगरिकलाई रोजगार उपलब्ध गराएको बताउँदै प्रबन्ध निर्देशक बुढाथोकीले आगामी वर्ष ५० हजार नागरिकलाई रोजगारी दिने गरेर योजना बनाए काम गरिरहेको दाबी गरे ।

Share News