काठमाडौं । घटना १, जहिले उनी विद्यालयमा सबैभन्दा ढिला पुग्थिन् । दिनहुँजसो विद्यालय ढिला आउने भन्दै एकदिन उनले बेस्सरी रिसाइन् । तिमीलाई पढ्न मन छैन ? यदि त्यसो हो भने तिमी आउनु पर्दैन । फेरि पनि उनी ढिलो आइन्, उनको यो कार्य दिनहुँ चलिरह्यो ।
उनले एक दिन पिट्न जब हात थाप्न आग्रह गरिन् । उनले ति बालिकाको हात पुरै फुटेको, हातभरी छाला निस्केको देखिन् । त्यसपछि उनले हातको लठ्ठी भुईमा राखेर बालिकालाई सोधिन् । के भयाे ?
जवाफमा बालिकाले भनिन्,‘म्याम एकचोटी फुर्सद हुँदैन, अहिले पनि काम नसकेरै आएकी हुँ, छिटो आउँछु भन्दा साहुनीले गाली गर्नुहुन्छ ।’ उनको कुरा सुनेपछि उनलाई माया लाग्यो । ‘काम गर्दै पढ्न आउने केटी हो भन्ने त थाहा थियो । तर, बालिकामाथि यतिसम्मको श्रम शोषण हुन्छ भन्ने सोचेकी सम्म थिइनन् ।’
दुर्गम पहाडबाट सहरमा पसेकी एक विद्यार्थीको बारेमा सुनाउँदै टिका विद्याश्रमकी पूर्व शिक्षिका तथा ललितपुर महानरपालिका कार्यपालिका सदस्य लक्ष्मी शर्माले भनिन् । यस्ता थुप्रै घरेलु बालमजदुर विद्यार्थी त्यो विद्यालयमा अध्ययन गर्छन् । कुनै परिवारले आफ्नै केटाकेटी जस्तै माया गरेर पनि बालबालिका पढाइरहेको भएपनि कतिपय बालबालिका भने घरेलु काम गर्दा चरम शोषणमा परेको लक्ष्मी शर्माले बताइन् ।
घटना २, एउटा १४/१५ वर्षको बालक कतिदिनसम्म सडकमै हिँडेको देखिन्थे । फाटो लुगा, मलिन अनुहार, हेर्दै पेटभरी खाना नपाएको जस्तो । जहिले ललितपुरमहानगरमै देखिँदा उनलाई मनमा प्श्न उठिरह्यो ।
आमाबुवासँगै रहनुपर्ने, विद्यालय जानुपर्ने उमेरमा ति बालकलाई सडकमा देख्दा उनलाई नरमाइलो लाग्यो । दिनहुँ यो दृश्य देखिरहेका उनलाई ति बालकसँग नभेटी घरफर्कन मन लागेन । उनले ति बालकसँग कुरा गरे ।
उनी काठमाडौं बाहिरको बालक रहेको थाहा पाए । न बस्न, न खान ठेगान भएको बालकलाई उनले आफ्नो घर लगे । उनी यातायात व्यवसायी संघमा आवगद्ध भएकाले गाडीमा काममा लगाइदिए । तीन/चार वर्ष भयो अहिले पनि ति बालक सह-चालकको रुपमा काम गरिरहेका छन् । बालक आफै काम गर्न थालेपछि उनलाई अहिले खान बस्न समस्या छैन ।
यस्ता समस्यामा परेका बालकहरू आफै कामको खाेजीमा आउँछन् यस्तो बेला के गर्ने ललितपुर महानरपालिकामा रहेको यातायात व्यवसायी संघका एकजना सदस्यले भने ।
घटना ३, उनी उमेरले १५ वर्षकी भइन् । काम दोहोरी साँझमा गीत गाउने र नाच्ने गर्छिन् । उनलाई उमेर सोध्दा उनी २२/२३ पुगिसकेको बताउँछिन् । त्यही पैसाले उनी काठामडौंमा खान बस्न पु¥याइरहेकी छिन् ।
उनी काम गर्ने ठाउँमा न त उनले नियम अनुसार तलब पाउँछिन् , नत समयमै । तरपनि उनी काम गरिरहेकी छिन् । कहिले ग्राहकबाट त कहिले साहुबाटै शोषणको जोखिम पनि उत्तिकै हुन्छ । यस्ता बालबालिकाहरू अहिले मनोरञ्जन क्षेत्र डान्सबार, दोहोरी साँझ लगायतका क्षेत्रमा धेरै छन्, विश्वास नेपालमा कार्यरत एक कर्मचारीले भनिन् ।
काठमाडौं उपत्यकामा यस्ता समस्या धेरै छन् जसमा कारण बालश्रममुक्त बनाउन चुनौती थपिएको छ । पूर्वमेचीदेखि पश्चिम महाकाली सम्मका व्यक्तिको बसोबास रहेको ललीतपुर महानगरपालिकालाई बालश्रममुक्त घोषणा गर्न चुनौति रहेको सरोकारवालाहरूले बताएका छन् ।
ललितपुर महानगरपालिकालाई बालश्रम मुक्त घोषणा कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले आयोजना गरिएको एक सहभागीहरूले यस्तो बताएका हुन् । २०८२ सालसम्म देशका सबै तह बालश्रम मुक्त घोषणा गरिसक्ने लक्ष्य राखेको छ । तर, अहिले सम्म पाँचवटा स्थानीय तहमात्र बालश्रममुक्त घोषणा भएका छन् ।
कार्यक्रममा सहभागी नागरिक समाज,बाल क्लब, जनप्रतिनिधि लगायतल महानगरलाई बालश्रम मुक्त गर्ने कानून र नीतिगत काम गर्न आवश्यक रहेको बताएका छन् । यसका लागि हरेक वडामा बालअधिकार हुनुपर्ने, बाल कोषको स्थापना हुनुपर्ने र बाल कल्याण अधिकारी हुनुपर्ने सुझाव दिएका छन् ।
ललितपुर महानगरकी बाल कल्याण अधिकारी सरीता महर्जनले महानगरलले कार्यविधि बनाउने विषयमा छलफल सुरु गरिसकेको बताएकी छन् । कानून र कार्यविधिमा हामीले धेरै काम गरिसकेको छौं उनी भन्छिन्, ‘अहिले महानगरमा बालबालिकाको अवस्था कस्तो छ भन्ने विषयमा बुझिरहेका छौँ, यसका लागि औपचारिक र अनौपचारिक रुपमा तथ््यांक संकलनको काम पनि गरिरहेका छौँ ।’
यसका लागि उद्योगी व्यवसायी, रोजगारदाता, उपभोक्ता, अभिभावक,बिचौलियासँग घनिभुत छलफल आवश्यक गर्न पनि कार्यक्रममा सहभागीले सल्लाह दिएका छन् ।