त्रिभुवन विमानस्थल आज आधा घण्टा बन्द हुने

<p>काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार आधा घण्टाका लागि बन्द हुने भएको छ । त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनाको काल्पनिक घटनाअनुसार त्यसको प्रतिकार्यको अभ्यास गरिने भएकाले दिउँसो १ बजेदेखि आधा घण्टा विमानस्थल बन्द गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थल संकटकालीन योजना अनुसार पूर्ण संकटकालीन अवस्थाको अभ्यास गरिने भएको छ । यो अभ्यासका [&hellip;]</p>

फाइल फाेटाे

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार आधा घण्टाका लागि बन्द हुने भएको छ ।

त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनाको काल्पनिक घटनाअनुसार त्यसको प्रतिकार्यको अभ्यास गरिने भएकाले दिउँसो १ बजेदेखि आधा घण्टा विमानस्थल बन्द गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थल संकटकालीन योजना अनुसार पूर्ण संकटकालीन अवस्थाको अभ्यास गरिने भएको छ । यो अभ्यासका क्रममा विमानस्थल वारपारका आकाशमा काला धुवाका साथ दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्र बन्नेछन् ।

Share News