प्राइम कमर्सियल बैंकको थप दुई एक्सटेन्स काउन्टर सञ्चालनमा

<p>काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्ना सेवाग्राहीलाई सहजता प्रदान गर्ने क्रममा आफ्नो सञ्जाल विस्तार गरी दुई नयाँ एक्सटेन्सन काउन्टरको सञ्चालनमा ल्याएको छ । गोकर्णेश्वर नगरपालिकाको हनुमान चोक र कागेश्वरी मनोहराको भद्रवासमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । बैंकले गत जेठ २५ गते गोकर्णेश्वर नगरपालिकाको हनुमान चोकमा स्थानीय उद्योगी, व्यवशायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा [&hellip;]</p>

काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्ना सेवाग्राहीलाई सहजता प्रदान गर्ने क्रममा आफ्नो सञ्जाल विस्तार गरी दुई नयाँ एक्सटेन्सन काउन्टरको सञ्चालनमा ल्याएको छ । गोकर्णेश्वर नगरपालिकाको हनुमान चोक र कागेश्वरी मनोहराको भद्रवासमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

बैंकले गत जेठ २५ गते गोकर्णेश्वर नगरपालिकाको हनुमान चोकमा स्थानीय उद्योगी, व्यवशायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा गोकर्णेश्वर नगरपालिका वडा नम्वर ४, का वडाअध्यक्ष जय राम महतले गोकर्णेश्वर एक्सटेन्सन काउन्टरको समुदघाटन गरे ।

बैकका प्रमुख कार्यकारी अधिकृत सन्जीव मानन्धरले आफ्ना ग्राहकहरुलाई थप चुस्त, प्रविधिमैत्री र गुणस्तरीय सेवा प्रदान गर्ने बताए । थप २ एक्सटेन्सन काउन्टरसहित बैंकको शाखा संख्या १८९ र एक्सटेन्सन काउन्टर संख्या ५ पुगेको छ ।

Share News