कर्णालीमा झोलुंगे पुलको लठ्ठा चुँडियो, १४ खच्चड पुलमै फसे

<p>कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिएको छ । आइतबार बिहान करिब १० बजेतिर दैलेखको आठबिसबाट अछामको कालेकाडा जोड्ने पुलको एकातर्फको लठ्ठा चुँडिएको हो । भारी बोकेर पुल चढेका १४ खच्चड लठ्ठा चुँडिएपछि पुलमै फसेका छन् । दैलेखका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाका अनुसार अहिले उद्धार कार्य अघि बढाइएको छ । पुलको लठ्ठा चुँडिएपछि अहिले [&hellip;]</p>

कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिएको छ । आइतबार बिहान करिब १० बजेतिर दैलेखको आठबिसबाट अछामको कालेकाडा जोड्ने पुलको एकातर्फको लठ्ठा चुँडिएको हो ।

भारी बोकेर पुल चढेका १४ खच्चड लठ्ठा चुँडिएपछि पुलमै फसेका छन् ।

दैलेखका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाका अनुसार अहिले उद्धार कार्य अघि बढाइएको छ ।

पुलको लठ्ठा चुँडिएपछि अहिले आवतजावत पनि बन्द भएको छ ।

Share News