काठमाडौं । कोरिया-नेपाल कुटनितीक सम्बन्ध स्थापनको ५०औं वार्षिकोसत्वमा शुक्रबार हाजिरी जवाफ र कोरियाली भाषा वक्तित्वकला प्रतियोगिता आयोजना गरेको छ ।
नेपालमा अवस्थित गणतन्त्र कोरियाली दूतावासले कोरिया र नेपाल दुई देशबीच कुटनितीक सम्बन्ध स्थापना भएको ५०औं स्वर्ण जयन्तीको अवसरमा यस वर्षभरीनै विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
त्यसै सिलसिलामा यहि जुन ७ तारिखमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर भव्यताका साथ स्वर्ण जयन्ती मनाएको छ । होटल हिमालयमा आयोजना गरिएको उक्त कार्यक्रममा १५० जना भन्दा बढि व्यक्तिको उपस्थिती रहेको थियो । नेपालमा कोरियाली भाषा, कोरियाको परिचय तथा संस्कृतिको अनुभुती गराउनका लागि आयोजित कार्यक्रमहरु रहेको आयोजकले बताएको छ ।
हाजिरी जवाफ छनौट प्रतियोगितामा ४५ जनाले सहभागिता जनाएका छन् । हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हाशिल गर्ने धर्मराज लामाले यहि वर्ष कोरियामा आयोजना हुने वक्तित्वकला प्रतियोगितमा भाग लिने अवसर प्राप्त गरेका छन् । हाजिरी जवाफमा भाग लिनका लागि विश्वभाषा क्याम्पसमा कोरियाली भाषा विषय अध्ययनरत विद्यार्थी तथा विभिन्न कोरियाली संस्थामा आवद्ध व्यक्तिहरु सहभागी भएका थिए ।
कोरियन भाषामा कोरिया-नेपालबीच कुटनितीक सम्बन्ध स्थापनाको ५०औं वार्षिक उत्सवको अवसरमा दुई देशबीच सम्न्धब विस्तारमा युवापुस्ताको भूमिका सम्वन्धी शिर्षकमा वक्तित्वकला कार्यक्रम आयोजना भएको थियो । यस प्रतियोगितामा १० जना व्यक्तिले आफ्नो क्षमता प्रस्तुत गरेका थिए । वक्तित्वकला प्रतियोगितामा आरती पौडेलले प्रथम स्थात हाशिल गरेकी छन् । सहभागी सबै प्रतियोगि सबैले दूतावासबाट प्रशंसा प्रमाण पत्र प्राप्त गरेका छन् ।
गणतन्त्र कोरियाली राजदूत तथा अन्य उपस्थित वयक्तिले कोरियाली खानाको प्रतिनिधित्व गर्ने फिबिमफाब् (मिक्स्ड राईस)मा विभिन्न किसिमका कन्दमुल समावेस भएको खानालाई चलाएर खान योग्य परिकारको परिचयात्मक कार्यक्रम रहेको थियो । उक्त कार्यक्रम मार्फत कोरियाली खानाको नेपालमा परिचय गराउने अवसर मिलेको आयोजकले बताएको छ ।
शुक्रबार दिनभरी आयोजना गरिएको कार्यक्रममा विभिन्न कोरियाली संस्कृतिलाई नेपाली माझमा परिचय गराउने अवसर उपलव्ध भएको थियो । कोरियाली सांस्कृतिक कार्यक्रमले कोरिया-नेपाल दुई देशका नागरिकबीच जनस्तरमा सम्बन्ध विस्तारमा भूमिका खेल्ने अपेक्षा गरिएको छ ।