काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय स्थानान्तरण हुने भएको छ ।
हाल काठमाडौं महानगरपालिका-७ स्थित चावहिल कम्प्लेक्स भवनको तेस्रो तल्लामा रहेको कम्पनीको केन्द्रीय कार्यालय स्थानान्तरण हुन लागेको हो ।
उक्त कार्यालय आगामी असार १ गतेदेखि काठमाडौं कमलादी-२८ मा रहेको कमलादी कम्प्लेक्स भवनको पहिलो तलामा स्थानान्तरण हुन लागेको हो ।