प्रतिनिधिसभा बैठक : तीन विधेयक पेस

<p>काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा तीनवटा विधेयक पेस गरिएका छन् । अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’ बैठकमा पेस गरेका हुन् । सुरुका दुवै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधका सूचनालाई सभाको बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक [&hellip;]</p>

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा तीनवटा विधेयक पेस गरिएका छन् ।

अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’ बैठकमा पेस गरेका हुन् ।

सुरुका दुवै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधका सूचनालाई सभाको बहुमतले अस्वीकृत गरेको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्नेछ ।

Share News