उग्र रुप लिँदै सहकारी पीडित आन्दोलन, प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा

<p>काठमाडौं । पोखरामा सहकारी पीडितहरूको आन्दोलनले उग्र रुप लिन थालेको छ । पोखरामा जारी सूर्यदर्शन सहकारीका पीडितहरुको आन्दोलनले उग्र रुप लिन थालेको हो । त्यसको एउटा संकेत बुधबार देखिएको छ । बुधबार सूर्यदर्शन सहकारीका पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा देखाएका छन् । बुधबार बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका [&hellip;]</p>

काठमाडौं । पोखरामा सहकारी पीडितहरूको आन्दोलनले उग्र रुप लिन थालेको छ । पोखरामा जारी सूर्यदर्शन सहकारीका पीडितहरुको आन्दोलनले उग्र रुप लिन थालेको हो । त्यसको एउटा संकेत बुधबार देखिएको छ ।

बुधबार सूर्यदर्शन सहकारीका पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा देखाएका छन् । बुधबार बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् । उनीहरूले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा लगाउँदै प्रचण्डलाई कालो झण्डा प्रदर्शन गरेका हुन् ।

प्रहरीका अनुसार कालो झण्डा र ब्यानर देखाउने एक दर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई जना प्रहरीको कुटाइबाट घाइते भएर उपचारका लागि अस्पताल लगिएको छ ।

सुर्यदर्शन सहकारीको बचतकर्ताको अर्बौं रकम अपचलन भएको छ । सो सहकारीका सञ्चालक जिवी राई हाल फरार छन् । यस प्रकरणमा गृहमन्त्री रवी लामिछाने पनि मुछिएका छन् ।

Share News