दैलेख केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

<p>काठमाडौ । दैलेख केन्द्रबिन्दु भएर मंगलबार बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले मंगलबार बिहान १०ः३४ मा ४.१ म्याग्निच्युडको भूकम्प मापन गरिइको जानकारी दिए । उनले भने, ‘दैलेखको नेपा आसपास भएर कम्पन भएको तथा यसबाट खासै क्षति नभएको ठानेका छोँ, यद्यपि क्षतिको कुनै सूचना प्राप्त भएको [&hellip;]</p>

काठमाडौ । दैलेख केन्द्रबिन्दु भएर मंगलबार बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले मंगलबार बिहान १०ः३४ मा ४.१ म्याग्निच्युडको भूकम्प मापन गरिइको जानकारी दिए ।

उनले भने, ‘दैलेखको नेपा आसपास भएर कम्पन भएको तथा यसबाट खासै क्षति नभएको ठानेका छोँ, यद्यपि क्षतिको कुनै सूचना प्राप्त भएको छैन ।’

सोमबार राति पनि लमजुङ जिल्लाको ताँजेगाउँ केन्द्रबिन्दु भएर सोमबार राति ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार साँझ ८ः३८ मा भूकम्प महसुस गरिएको थियो ।

Share News