ऋण लिएर संघीयता धान्ने कुरा गलत छ : चित्रबहादुर केसी

<p>काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले वैदेशिक ऋण लिएर संघीयता धान्ने कुरा गलत भएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले संघीय संरचनाका कारण मुलुकमा साधारणतर्फको खर्चको अनाआवश्यक बोझ नेपाली जनताले झेल्नुपरेको बताए । उनले याे बाेझबाट मुक्त गराउन आफूहरूले [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले वैदेशिक ऋण लिएर संघीयता धान्ने कुरा गलत भएको टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले संघीय संरचनाका कारण मुलुकमा साधारणतर्फको खर्चको अनाआवश्यक बोझ नेपाली जनताले झेल्नुपरेको बताए ।

उनले याे बाेझबाट मुक्त गराउन आफूहरूले संघीयता खारेजी गर्नुपर्ने कुरामा जोड दिनुपरेको बताए  । संघीयता कायम राखेर मुलुकमा साधारणतर्फको खर्च घटाउन नसक्ने कुरामा ख्याल गर्न पनि उनले सरकारलाई सचेत गराए ।

सांसद केसीले संघीय संरचना रहेसम्म आम नेपाली जनताले आर्थिक बोझ झेलिरहनुपर्ने तर्क समेत गरे।

‘साधारण तर्फको बढ्दो बजेट भोलुमको मुख्य कारण संघीयता हो, संघीयताका कारणले साधारणतर्फको खर्च बढेको छ, साधारणतर्फ बढेको खर्चलाई पूर्ति गर्न करको दायरा वर्षैपिच्छे बढाउनुपरेको छ,’ उनले भने, ‘जसको परिणाम नेपाली जनतामाथि अनावश्यक प्रकारको आर्थिक बोझ थपिदै गएको छ, त्यसैले संघीयतालाई कायम राखेर साधारणतर्फको खर्च घटाउन सकिन्न, र मुलुकलाई संघीयताका कारण उत्पन्न बोझबाट मुक्त गर्न सकिन्न ।’

उत्पादन र उत्पादकत्व वृद्धिमा सरकारले बजेटको व्यवस्था गर्न नसकेको सांसद केसीकाे भनाइ छ ।

Share News