सहकारीको पैसाले अर्बपति, बुढाबुढी मिलेर ८ अर्ब झ्वाम

<p>काठमाडौं । सहकारीका बचतकर्ताको बचत अपचलन गरेको आरोपमा चन्द्रबहादुर (सिबी) लामालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको काठमाडौं अपराध अनुसन्धान कार्यालयले सहकारीका बचतकर्ताको बचत अपचलन गरेको आरोपमा उनलाई पक्राउ गरेको हो । कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभविरुद्धमा ८५२ जना जाहेरवालाहरुले बचत गरेको रकमको माग दाबी १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ रहेको खुल्न [&hellip;]</p>

काठमाडौं । सहकारीका बचतकर्ताको बचत अपचलन गरेको आरोपमा चन्द्रबहादुर (सिबी) लामालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको काठमाडौं अपराध अनुसन्धान कार्यालयले सहकारीका बचतकर्ताको बचत अपचलन गरेको आरोपमा उनलाई पक्राउ गरेको हो ।

कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभविरुद्धमा ८५२ जना जाहेरवालाहरुले बचत गरेको रकमको माग दाबी १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ रहेको खुल्न आएको महाशाखाका प्रमख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले बताए । २०८० फागुन २० गतेदेखि नै काठमाडौं जिल्ला अदालतबाट अनुमति प्राप्त भइ फरार रहेका प्रतिवादी लामालाई पक्राउ गरेको भट्टराईले जानकारी दिए ।

लामा कान्तिपुर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि.को पूर्व अध्यक्ष हुन् । भट्टराईले लामाविरुद्ध ८५२ जना बचतकर्ताले उजुरी दिएको बताए ।

त्यस्तै, पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ विरुद्धमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको पनि बताइएको छ । पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिको विरुद्धमा १२ करोड को हाराहारीमा बिगो मागदाबी गर्दै जाहेरी परेको भट्टराईले बताए ।

लामा अध्यक्ष रहेको पशुपती सहकारीको ठगी प्रकरणमा अहिले केन्द्रिय अनुसन्धान ब्युरोले अनुसन्धान पनि गरिरहेको छ । 

को हुन् लामा ?

काभ्रेकाे साविक नारायणथान गाविस ८ का बासिन्दा लामा सुरुमा सरकारी जागिर गर्थे । उनले सो अवधिमा विद्यार्थी राजनीति पनि गरे । तर, राजनीतिमा सफलता पाउन सकेनन् । उनी २०५५ तिर सहकारीमा आवद्ध भए । सहकारीसँगै राजनीतिमा पनि सक्रिय भइराखे । २०६५ तिर उनले पशुपति सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको स्थापना गरे । सुरुमा सो सहकारीको नेतृत्व उनकी पत्नी सन्ती लामाले गरिन् ।

पछि उनले कान्तिपुर सहकारी खोले । दुवै सहकारी बचत तथा ऋणको कारोबार गर्ने भएकोले उनलाई खासै ठूलो समस्या भएन । उनले सहकारीको बचतलाई घरजग्गामा लगाउन सुरु गरे । सुरुवाती दिनहरूरुमा राम्रै कमाइ भयो ।

सहकारी र घरजग्गाबाट आएको पैसालाई उनले अन्य व्यवसायमा प्रयोग गर्न थाले । सहकारीकाे बचत उनले अस्पताल, रेस्टुरेन्ट, रिसोर्ट र निजी क्याम्पसमा लगानी बढाए । पछि घरजग्गमा समस्या आएपछि उनले बचतकर्ताको पैसा पनि फिर्ता गर्न सकेनन् । परिणामस्वरुप अन्य व्यवसाय पनि समस्यामा परे । सहकारीकाे बचत फिर्ता नगरेपछि उनीविरूद्द उजुरी पर्याे । अन्ततः उनी पक्राउ भएका छन् ।

उनीमाथि कान्तिपुर सहकारीको ६ अर्ब र पशुपतिको २ अर्ब गरी ८ अर्ब रकम अपचलन गरेको आरोप लागेको छ ।

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिदेखि महासमिति सदस्य समेत भइसकेका लामाले राजनीतिक शक्तिमा रहेर जनताको पैसा अपचलन गरेका थिए । उनी नेपाली काँग्रेस काभ्रेका पूर्वकोषाध्यक्ष तथा काभ्रे निर्वाचन क्षेत्र नं. १(१) मा २०७४ सालको प्रदेश सभा निर्वाचनमा उम्मेदवार बनेका थिए ।

उनले आफ्नो सहकारीलाई नमुना बनाउने बताउँदै आएका थिए ।  तर, अन्ततः उनी आफू नै सहकारीको पैसा अपचलन गरेको आरोपमा हिरासत पुगेका छन् ।

Share News