
काठमाडौं । सरकारले पाँच जिल्लामा कस्तुरी मृग लगायतका वन्यजन्तु पाल्नका लागि व्यावसायिक फर्म स्थापना गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् ।
उनले गोरखा, धादिङ, म्याग्दी, मुस्ताङ र मनाङ जिल्लाको हिमाली क्षेत्रमा कस्तुरी मृग लगायतका वन्यजन्तु पाल्नका लागि निजी क्षेत्र र स्थानीय समुदायको सहभागितामा व्यावसायिक फर्म स्थापना गरिने बताए ।