काठमाडौं । तनहुँ जिल्लाको डुम्रेमा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले फिनेल, ह्याण्डवाश र ट्वाइलेट क्लिनर बनाउने तालिम दिएको छ ।
तनहुँ जिल्ला बन्दिपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्तले संस्थाको डुम्रे शाखाका आफ्ना ३३ जना ग्राहक सदस्यहरुको सहभागितामा गत जेठ ५ गते शनिबार तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका–१, डुम्रेमा ‘फिनेल, ह्याण्डवाश, ट्वाइलेट क्लिनर बनाउने तालिम’ सम्पन्न गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले जानकारी गराएका थिए । यस तालिममा प्रशिक्षक बालकृष्ण सापकोटा, पवन कुमार श्रेष्ठ, कुशल पोख्रेल, सुमन राज गिरी रहेका थिए ।
ह्याण्ड वाश बनाउन चाहिने सामग्री, ह्याण्डवाश बनाउन चाहिने कच्चा पदार्थहरुको उपलब्धता, मूल्य, ट्वाइलेट क्लिनर बनाउन चाहिने सामग्री, ट्वाइलेट क्लिनर बनाउन चाहिने कच्चा पदार्थको उपलब्धता, मूल्य, फिनेल बनाउन चाहिने सामग्री, फिनेल बनाउन चाहिने कच्चा पदार्थहरुको उपलब्धता, मूल्य, संस्थाले प्रदान गरेको सेवाहरु, बचतको महत्व र बचतका प्रकारहरु, वित्तीय साक्षरता आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले बताएका थिए ।
तालिममा उपस्थित सहभागीहरुलाई सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका डुम्रे सुपरीवेक्षण मुकामका सुपरीवेक्षण अधिकृत कुशल पोख्रेलले स्वागत मन्तव्य ब्यक्त गरेका थिए । तालिमको उद्देश्य, महत्व तथा संस्थाको प्रगति विवरण साथै संस्थाले उपलब्ध गराएको वित्तीय सेवाहरु तथा गैर वित्तीय सेवाहरुको बारेमा संस्थामा नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठले जानकारी गराएको थिए ।
नायब महाप्रवन्धक श्रेष्ठले जुन परियोजनाको लागि कर्जा लिएको हो सोही परियोजनामा लगानी गरेमा मात्र फाइदा लिन सकिने हुँदा कर्जा लिएर सदुपयोग गर्ने भएमा मात्र कर्जा लिन र जुनसुकै परियोजना सञ्चालन गरे पनि ब्यवसायिक रुपमा ब्यवसाय सञ्चालन गरी अगाडि बढ्न सुझाएका थिए । बन्दिपुर गाउँपालिका वडा नं. १ की महिला सदस्य रोशनी बराकोटीले महिलाहरुले कर्जा लिएर सदुपयोग गरेमा मात्र सफल हुन सकिने बारेमा जानकारी गराएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले तालिममा सक्रियतापूर्वक सहभागी भई राम्रोसँग सिक्न, तालिमलाई ब्यवहारमा उतारेर फाइदा लिन र फाइदा भएको रकम बचत गर्न सुझाएका थिए । साथै, ब्यवसायिक रुपमा परियोजना सञ्चालन गर्न जानकारी गराएका थिए । कार्यक्रमका विशेष अतिथी शिव कुमार श्रेष्ठले कर्जा लिएर कर्जाको सदुपयोग गर्न सुझाएका थिए । वडाध्यक्ष श्रेष्ठले तालिममा सहभागीहरुलाई परियोजना सञ्चालन गरी अगाडि बढ्न हौसला प्रदान गरेका थिए ।
त्यसै गरी संस्थाको डुम्रे शाखाका शाखा प्रमुखले तालिममा सक्रियतापूर्वक सहभागी भई तालिमलाई ब्यवहारमा उतार्न पहल गर्न अनुरोध गरेका थिए । तालिमका मुख्य प्रशिक्षक बालकृष्ण सापकोटाले फिनेल, ह्याण्डवाश, ट्वाइलेट क्लिनरको महत्व, फाइदा, आवश्यकता बारेमा जानकारी गराएका थिए साथै घरमै बसेर थोरै लगानीमा यो ब्यवसाय गर्न सकिने जानकारी गराएका थिए ।
तालिमको मूल्याकंन गर्दै सहभागीहरुले मन्तव्य राखेका थिए । फिनेल, ह्याण्डवाश, ट्वाइलेट क्लिनर उत्पादन गर्न सकिएको खण्डमा फाइदा लिन सकिने रहेछ । मन्तव्यका क्रममा वक्ताहरुले तालिममा सिकेका कुराहरु ब्यवहारमा उतार्न अनुरोध गरेका थिए । सहभागीहरुले तालिममा सिकेका ज्ञान, सीप ब्यवहारमा उतार्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
संस्थाले ग्राहक सदस्यहरुलाई वित्तीय सेवाहरुका साथसाथै ग्राहक सदस्यहरुको क्षमता अभिवृद्धि गराउन तथा ब्यवसायिक रुपमा ब्यवसाय सञ्चालन गर्न सघाउ पुर्याउन विभिन्न किसिमका सीप विकास तालिम सञ्चालन गरी रहेको छ । संस्थाले यस आर्थिक वर्षमा संस्थाका आफ्ना ग्राहक सदस्यहरुलाई विभिन्न किसिमका सीप विकास तालिमहरु सञ्चालन गर्दैं जाने लक्ष्य रहेको बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले जानकारी गराएका थिए ।
तालिमको अन्त्यमा तालिममा सहभागीहरुलाई प्रमाणपत्रका साथै फिनेल, ह्याण्डवाश, ट्वाइलेट क्लिनर पनि वितरण गरिएको थियो । तालिमको सञ्चालन संस्थाको डुम्रे शाखाका शाखा प्रमुख सुमन राज गिरीले गरेका थिए ।