नेपाल एसबिआईका ग्राहकले स्काई वाकको टिकटमा छुट पाउने

<p>काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ र वोन्डर्स नेपाल प्रालिबीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा वोन्डर्स नेपाल प्रालिका प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञवाली र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् । जसअनुसार नेपाल एसबिआई बैंकका सम्पूर्ण शाखा कार्यालयहरु तथा नेपाल एसबिआई [&hellip;]</p>

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ र वोन्डर्स नेपाल प्रालिबीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

सहमतिपत्रमा वोन्डर्स नेपाल प्रालिका प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञवाली र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् ।

जसअनुसार नेपाल एसबिआई बैंकका सम्पूर्ण शाखा कार्यालयहरु तथा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ काठमाडौंमार्फत नयाँ डिम्याट खाता खोल्दा वा हाल कायम डिम्याट खाता सञ्चालन गर्दै आएका डिम्याट सेवा प्रयोगकर्ता ग्राहकहरुले स्काई वाकको टिकट खरिदमा १ देखि ५ जनासम्मको लागि १५ प्रतिशत र ५ जनाभन्दा बढीको टिकट खरिद गर्दा २० प्रतिशतसम्म विशेष छुट प्रदान पाउने सहमति भएको छ ।

कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरेका थिए ।

त्यसैगरी, सोही अवसरमा वोन्डर्स नेपालका प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञवालीले पनि आपसी सहकार्यबाट व्यवसायिक उचाइ हासिल हुने अपेक्षा रहेको बताए ।

Share News