काठमाडौं । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन आचार्य नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको असार २४ गते बसेको बैठकले आचार्यलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव हरि कृष्ण सुवेदीले जानकारी दिए ।
कम्पनी सचिव सुवेदीका अनुसार नवनियुक्त सीईओ आचार्यलाई साउन १ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि नियुक्त गरिएको हो । आचार्य हाल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा कार्यरत छन् ।
बैंकका सीईओ नरेशसिंह बोहराको दुई कार्यकाल साउनमा सकिन लागेको छ । उनलाई वि.सं. २०७९ असार ३० गते बसेको बैठकले साउन २ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालका लागि नियुक्त गरेको थियो ।