काठमाडौं, २ माघ । माघ महिनामा कारोबार भएको पहिलो सेयर बजारमा गिरावट आएको छ । आइतबार नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । परिसूचक २ दशमलब १४ अंकले घटेर १४७७ दशमलब ७२ अंकमा झरेको छ । सोही दिन १२२ कम्पनीको ४ लाख ८८ हजार किता सेयर जम्मा २७ करोड ७५ लाख रुपैयाँमा किनबेच भएको छ । पछिल्लो दिनको तुलनामा आइतबार करिब ५ करोड रुपैयाँले कारोबार रकममा गिरावट आएको छ ।

बजारमा करोबार रकम र नेप्से परिसूचक दुबैमा गिरावट आउँदा पनि स्ट्याण्डार्ड चाटर्ड बैंकको सेयर मूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता २ हजार १९७ रुपैयाँ रहेको छ । त्यस्तै, हाम्रो विकास बैंकको सेयर मूल्य साढे ७ प्रतिशतले वृद्धि भएको छ ।
