व्यापारमा निर्यातको हिस्सा घट्यो, ११ खर्ब ७७ अर्ब व्यापार घाटा

<p>काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा आयात र निर्यात घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार बैशाखसम्म निर्यात ३.६१ प्रतिशतले घटेको छ भने आयात २.३९ प्रतिशतले घटेको छ । १० महिनाको अवधिमा कुल १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख रुपैयाँ बराबरको आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १३ [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा आयात र निर्यात घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार बैशाखसम्म निर्यात ३.६१ प्रतिशतले घटेको छ भने आयात २.३९ प्रतिशतले घटेको छ ।

१० महिनाको अवधिमा कुल १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख रुपैयाँ बराबरको आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

यस्तै, १० महिनाको अवधिमा कुल १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख बराबरको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल १ खर्ब ३० अर्ब ९ लाखबराबरको वस्तु निर्यात भएको थियो ।

यो अवधिमा कुल ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाखको व्यापार घाटा देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार १४ खर्ब २९ अर्ब ५३ करोड ५ लाख रुपैयाँको वैदेशिक व्यापार देखिन्छ ।

कुल व्यापारमा आयातको हिस्सा ९१.१७ प्रतिशत रहेको छ भने निर्यातको हिस्सा ८.८३ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको तुलनामा कुल व्यापारमा निर्यातको हिस्सा घटेको देखिन्छ । गत वर्ष कुल व्यापारमा निर्यातको हिस्सा ८.९३ प्रतिशत थियो भने आयातको हिस्सा ९१.०७ प्रतिशत थियो ।

Share News