स्वावलम्बन लघुवित्तले एसईईमा उत्कृष्ट अंक ल्याउनेलाई दियो १० हजार

<p>काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । लघुवित्तको शाखा कार्यालय लेले, ललितपुरको आयोजनामा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख अन्तर्क्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएकाे हाे । कार्यक्रममा आथिक बर्ष २०७९/८० मा शाखा अन्तर्गत रहेका केन्द्रमध्ये उत्कृष्ट ३ वटा केन्द्रलाई नगदसहित पुरस्कार वितरण गरिएको थियो । त्यस्तै, [&hellip;]</p>

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । लघुवित्तको शाखा कार्यालय लेले, ललितपुरको आयोजनामा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख अन्तर्क्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएकाे हाे ।

कार्यक्रममा आथिक बर्ष २०७९/८० मा शाखा अन्तर्गत रहेका केन्द्रमध्ये उत्कृष्ट ३ वटा केन्द्रलाई नगदसहित पुरस्कार वितरण गरिएको थियो । त्यस्तै, शाखा कार्यालय अन्तर्गत शैक्षिक सत्र २०७९ मा एसईई परिक्षामा ग्राहक सदस्यका छोराछोरी मध्येबाट उत्कृष्ट अंक प्राप्त गर्न सफल केन्द्र न ७५ समूह नं. ४ मा आबद्ध सदस्य साइलीमाया लामाकी छोरी लक्ष्मी लामालाई १० हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिएको थियो ।

केन्द्र नं. ६३ का प्रमुख पुना देवी राईको अध्यक्षता तथा प्रहरी कार्यालय लेले, ललितपुरका प्रहरी सहायक निरीक्षक भिम बहादुर कोइरालाको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमका विशिष्ठ अतिथिको रूपमा वित्तीय संस्थाको केन्द्रीय कार्यालयका नायब विभागीय प्रबन्धक मोहित नारायण यादवको उपस्थिति थियो ।

कार्यक्रममा प्रमुख अथिति प्रहरी सहायक निरीक्षक कोइरालाले लघुवित्तले लिएको महान लक्ष्य गरिवी निवारण रहेकोले यसमा प्रहरीको साथ रहेको बताए । विशिष्ठ अतिथि मोहित नारायण यादवले हाल देशमा वित्तीय संस्थाका बारेमा भइरहेका नराम्रा कुराबाट सर्तक रहन सदस्यलाई आग्रह गरे ।

त्यस्तै इलाका कार्यालय ठिमी, भक्तपुर क्लस्टरका रेखा कुमारी खैरगोलीले लघुवित्तबाट प्रदान भैरहेको सेवा सुविधाको प्रयोग गरी आय आर्जनमा वृद्धि गर्न सल्लाह दिए । कार्यक्रममा करीब ७० जना ग्राहक सदस्य तथा अभिभावकको सहभागीता थियो ।

Share News