कांग्रेसको अवरोधपछि मंगलबारसम्मका लागि राष्ट्रिय सभा बैठक स्थगित

<p>काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधसँगै राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ । सोमबारको राष्ट्रिय सभा बैठकमा पनि कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि बैठक स्थगित भएको हो । कांग्रेसको विरोधपछि बैठक मंगलबार सवा १ बजेसम्मका लागि स्थगित भएको छ । सो क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक अवरुद्ध हुँदा काम कारबाही [&hellip;]</p>

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधसँगै राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ ।

सोमबारको राष्ट्रिय सभा बैठकमा पनि कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि बैठक स्थगित भएको हो । कांग्रेसको विरोधपछि बैठक मंगलबार सवा १ बजेसम्मका लागि स्थगित भएको छ ।

सो क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक अवरुद्ध हुँदा काम कारबाही अघि बढ्न नसकेको र प्राप्त उपलब्धिहरुमाथि औंला ठड्याउने काम भइरहेको बताए ।

उनले राष्ट्रिय सभा सबै समस्या हल गर्ने थलो भएकाले आसन ग्रहण गरेर बैठक सञ्चालन गर्न दिन आग्रह गरे । अध्यक्षको आग्रहपछि पनि कांग्रेसले उठेर विरोध जनाएपछि बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको अध्यक्ष दाहालले घोषणा गरे ।

Share News